Friday, October 18, 2024

कोजाग्रत पुर्णेमाको चाःपूजा सम्पन्न !

 कोजाग्रत पुर्णेमाको चाःपूजा सम्पन्न !




       श्री श्री श्री कलंकी माता (कल्खु अजिमा)को हरेक पूर्णिमामा गरिने चा:पूजा आज दोस्रो पटक कोजाग्रत पूर्णिमाको रात्रीको प्रथम प्रहरमा सम्पन्न भयो । गत इन्द्रजात्राको येँयाः पुन्हिको दिन माईको विशेष पूजा सम्पन्न गरि हरेक महिनाको पूर्णिमामा चाःपूजा गर्ने गरिएको छ ।

Tuesday, October 8, 2024

अक्षयकोष

 अक्षयकोष खडा गरीयो !

       समयद्वँ ज्याः झ्व ११४४/२०८१ कलंकीमाई( कल्खु अजिमा) को आय व्यय विवरण अनुसार उघ्रेको( बाँकी) रकम रु ८३४०३/०० त्रियासीहजार चारसय तिनमा म प्रकाशमान शिल्पकार र मचाकाजी महर्जनले संयुक्त रुपमा रु १६६०७/०० सोह्रहजार छसय सात थप गरि रु १०००१०/०० अक्षेरुपि एकलाख दश बनाई श्री कलकी माँ नेवाः पुचःको मिति २०८१/०६/२१ मा बसेको कार्यसमितिको निर्णय अनुसार कृषि विकाश बैंक लि. कलंकी शाखामा आज २०८१ असोज २१ गते कलंकी माँ पुचःका नाममा  अक्षय कोषको खाता खोलियो । सो कोषबाट प्राप्त हुने ब्याज प्रत्येक वर्ष इनद्रजात्रामा श्री श्री श्री कलंकी माईलाई विशेष पूजा गरि समयद्वँ अर्पण प्रयोजनमा खर्च हुनेछन् ।