. कलंकी माँ नेवाः पुचःको आयोजनामा
श्री कलंकी माताको भक्तजनहरुको तर्फबाट
इन्द्रजात्रा ( येँया पुन्ही)२०८१ को उपलक्ष्यमा
असोज २ गते पुर्णेमा(ला छक्कु वय्क समयबजी पुन्हि)का दिन
श्री श्री श्री कलंकी माता( कल्खु अजिमा
मा
समयद्वँ अर्पण तथा
प्रशाद वितरण कार्यक्रम
भव्यताकासाथ सम्पन्न गर्ने विषयमा हिजो भदौ शनिबार १५ अपरान्ह कृपा भेन्यु लामपाटी, कलंकी( न्हेपंखा)मा छलफल तथा बैठक बस्दै ।
छलफल बैठकमा मातालाई विधिवत पुजा गरि परम्परागत रुपमा आकर्षक समयद्वँ चढान माताको भक्तजन तर्फबाट आएको प्रस्तावलाई सकरात्मकरुपमा ग्रहण गरीएको थियो ।
समयद्वँ चढाउने कार्यकर्मबाट श्री कलकी माताको थप गरिमा बढ्ने ठहर गर्दै सबैभक्तजनको सहयोगमा यस कार्यलाई सभ्य भब्य र आकर्षक रुपमा सफल पार्नेे निर्णय समेत गरिएको थियो । बैठकमा पुचःको सदश्ता विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।
पुचः संचालन गर्न एउटा सम्पर्क कार्यालय।समेत नभएको भन्दै विकास कुमार प्रधानले हाललाई अस्थाई रुपमा भए पनि आफनो भेन्युको एक कोठा र चाहिने केही फर्निचर समेत निशुल्क दिने वचन दिनु भएको छ । सोही कार्यक्रममा माताको गरिमा बढाउने समयद्वँ चढाउन वाटिकाभेन्यु र कृपा भेन्यु संचालक द्वय विकाश कुमार प्रधान र प्रकाशकुमार प्रधानजीले नगद १०१००/०० दशशजार एकसय।समेत आर्थिक सहयोग पुचःलाई प्रादन गरिएको छ । सो बैठकमा अन्य महानुभावहरु समेत बाट समयद्वँ चढाउने कार्यका लागि जम्मा नगद २३१७५/०० तेइहजर एकसय पच्चहतर संकलन समेत भएको थियो ।
No comments:
Post a Comment